सलमानलाई किन भेटे ? समय आएपछी बताउने छु: जेनिशा केसी !

सलमानलाई किन भेटे ? समय आएपछी बताउने छु: जेनिशा केसी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कुनै बेला नेपाली सिनेमामा राम्रै चर्चा पाउने अभिनेत्री जेनिशा केसी अहिले भने गुमनाम जस्तै छिन् । पछिल्ला केहि नेपाली सिनेमा असफल भएपछी भोजपुरी सिनेमा तर्फ नजर घुमाएकी जेनिशाले त्यता केहि सिनेमामा अभिनय समेत गरिसकेकी छन् ।

यसैबीच मुम्बईमा रहेकी जेनिशाले बलिउड सुपरस्टार सलमान खानसँग फोटो खिचेर शेयर गरेकी छन् । फेसबुकमा उनले लेखेको क्याप्सनले कहिँ उनि सलमान खानसँग सिनेमा खेल्न लागेकी की त होइनन् भन्ने संकेत गर्छ ।

उनले लेखेकी छन् ‘मैले हिजो राति किन सलमानलाई भेटे ? म छिट्टै बताउने छु । प्रतिक्षा गर्नुहुने सबैलाई राम्रो कुरा हुन् सक्छ ।’ जेनिशाले यसो लेख्दा उनले बलिउड डेब्यु गर्न लागेको अनुमान लगाउन सकिन्छ । आशा गरौ जेनिशाले छिट्टै बलिउड डेब्यु गर्नेछिन् ।

यी सुन्दरी प्रियंका चोपडाले निर्माण गरेको भोजपुरी सिनेमा ‘काशी अमरनाथ’मा देखिदैछिन् ।