अमृत र जेविकाको ‘जय श्रीदाम’ दर्घटनामा

अमृत र जेविकाको ‘जय श्रीदाम’ दर्घटनामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायाँकनरत सिनेमा ‘जय श्रीदाम’को टिम दुर्घटनामा परेको छ । करिब ३ साता देखि राजधानीका बिभिन्न स्थानमा सिनेमाको छायाँकन भइरहेको छ ।

तिनकुनेस्थित भीएस निकेतन स्कुल नजिकै सोमबार कलालार र क्यामरा बोकेको गाडी विपरित दिशाबाट आईरहेको सवारीसँग ठोकिएको स्रोतले बतायो । दुर्घटनामा परि गाडीमा र क्यामरामा क्षति पुगेको छ । घटनाको बारेमा विस्तृत विवरण आईसकेको छैन ।

विप्लव उप्रेतीले निर्देशन गरिरहेको सिनेमामा अमृत ढुंगाना, जेबिका कार्की, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, बिष्णु सापकोटा लगायतका कलाकारले अभिनय गर्दैछन् । मंकी टेम्पल प्रोडक्सन, नेशनल मिडिया प्रोडक्सन र सापकोटा जेआर प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा पृथ्वीराज उप्रेती र मनोज उप्रेतीको मुख्य लगानी र रविन आचार्यको सहलगानी रहनेछ ।

सिनेमामा नवराज उप्रेतीको छायाँकन, मित्र डी. गुरुङको सम्पादन र विप्लप उप्रेतीकै कथा लेखन रहनेछ । सिनेमामा कारखाना निर्देशक अमरदीप सापकोटाको सहनिर्माण र पटकथा/संवाद लेखन रहनेछ ।