‘जग्गा जासूस’ अभिनेत्रीद्वारा आत्महत्या !

‘जग्गा जासूस’ अभिनेत्रीद्वारा आत्महत्या !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जग्गा जासूस’मा छोटो भूमिका पाएकी थिइन्, अभिनेत्री बिदिषा बेजबरुवाले । बलिउडमा स्थान बनाउँन संघर्षरत यी अभिनेत्रीका लागि यो सिनेमा नै पहिलो तथा अन्तिम बन्यो ।

दुई दिन अगाडी हरियाणा गुरुग्रामस्थित सुशान्त अपार्टमेन्टमा  सिफ्ट भएकी थिइन् । तर, ५० घण्टा पनि उक्त फ्याल्टमा उनको सास टिक्न सकेन । आफ्नै नयाँ फ्ल्याटमा पंखामा    झुण्डिएर ज्यान फालिन उनले । अहिले उनका पतिलाई पुलिसले गिरप्तार गरेको छ । बिदिषाको परिवारले दिएको जानकारी अनुसार उनका पति एक युवतीसँग प्रेममा थिए ।

जुन कुराले बिदिशा तनावमा थिइन् । बिदिशा परिवारले उनि पतिद्वारा आत्महत्या गर्न बाध्य भएको बयान दिएका छन् । बिदिशा थ्रेटर आर्टिस हुन । स्टेज कार्यक्रम, टिभीमा व्यस्त बिदिशालाई अन्तिम पटक ‘जग्गा जासूस’मा हेर्न सकिने छ ।