सलमानलाई पछी पार्दै चिनमा चम्किए इरफान !

सलमानलाई पछी पार्दै चिनमा चम्किए इरफान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – इरफान खान अभिनित सिनेमा ‘हिन्दी मिडियम’ले चिनमा गज्जबको ओपनिङ गरेको छ । अप्रिल ४ मा चिन रिलिज गरिएको सिनेमाले सलमान खानको ‘बजरंगी भाइजान’लाई पनि पछी पारेको छ ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सिनेमाले पहिलो दिन ३.३९ मिलियन डलर (२२.०६ करोड भारु) कमाई गरेको छ । सलमानको ‘बजरंगी भाइजान’ले पहिलो दिन २.२४ मिलियन डलर (१४.६१ करोड) कमाई गरेको थियो ।

त्यस्तै ‘हिन्दी मिडियम’ले दोस्रो दिन ८३.६३ प्रतिशत बढोत्तरी गर्दै ६.२८ मिलियन (४०.८१) करोड ग्रस बटुल्न सक्यो । दोस्रो दिनमा ‘बजरंगी भाइजान’को कलेक्सन ३.११ मिलियन डलर थियो । जुन ‘हिन्दी मिडियम’को पहिलो दिनको कमाई भन्दा केहि कम हो ।

समिक्षकबाट तारिफ बटुलेको ‘हिन्दी मिडियम’ले भारतीय बक्सअफिसमा झन्डै ७० करोड भारु नेट कलेक्सन गरेको थियो । २२ करोडको न्यून बजेटमा निर्मित सिनेमाले निर्मातालाई राम्रै फाईदा पुर्याएको थियो । अब हेर्न बाँकी छ, चाइनिज बक्स अफिसमा ‘हिन्दी मिडियम’ले ‘बजरंगी भाइजान’को लाइफटाइम कलेक्सन तोड्न सक्छ कि सक्दैन ?

‘बजरंगी भाइजान’ले अप्रिल १ सम्म २९५.३२ करोडको कमाई गरिसकेको छ ।

सकेट चौधरी निर्देशित ‘हिन्दी मिडियम’मा इरफानका अलावा सबा कमरको पनि मुख्य भूमिका छ । यस पटकको फिल्म फेयर अवार्डमा ‘हिन्दी मिडियम’ले बेस्ट फिल्मको अवार्ड जितेको थियो ।