‘इन्टु मिन्टु लण्डनमा’ शोको लागी धिरजसँग कोरिया पुगीन रेनेशा

‘इन्टु मिन्टु लण्डनमा’ शोको लागी धिरजसँग कोरिया पुगीन रेनेशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपालमा सफलताको साथ प्रर्दशन भएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ अहिले विदेश टुरमा रहेको छ । नेपालमा असोज ५ गते रिलिज भएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ अष्ट्रेलियाका विभिन्न शहरमा भव्य प्रदर्शन पश्चात यसको निर्माण टिम दक्षिण कोरियो पुगेको छ । अष्ट्रेलियामा आयोजना भएको शोमा सिनेमाका मुख्य कलाकार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर पुगेका थिए । साम्राज्ञी र धिरजको जोडीलाई अष्टेलियाका दर्शकले निकै रुचाएका थिए ।अहिले ‘इन्टु मिन्टु लण्डनमा’को अष्ट्रेलिया पछि दक्षिण कोरियामा शो भैरहेको छ । दक्षिण कोरियाको सिओलमा सिनेमाको भव्य शो भएको निर्देशक रेनशा वान्तवा राईले जानकारी दिएकी छन् । सिनेमाको दक्षिण कोरिया शोका लागि निर्देशक रेनेशा वान्तवा राई र अभिनेता धिरज राई पुगेका छन् । कोरियामा एक शो भैसकेको र अझै ३ वटा शो हुन बाँकी रहेको निर्देशक रेनेशाको भनाई रहेको छ ।प्रज्वल शमसेर जबरा र प्रभु शमसेर जबराले निर्माण गरेको सिनेमा नेपाली बक्स अफिसमा राम्रो कारोबार गरेको थियो । सिनेमामा साम्राज्ञी र धिरजको अलवा सारुक ताम्राकार सुनिशा बजगाई, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुवी राणा, विजय लामा लयायतका कलाकारको मुख्य भूमिका छ ।