साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लण्डनमा’ नयाँ गीत रिलिज

साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लण्डनमा’ नयाँ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबारबाट रिलिज भएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को नयाँ गीत सार्वजनिक गरिएको छ । प्रदर्शन अगावै बनेको सिनेमाको हाइपले वर्षकै बम्पर ओपनिङ्ग गर्ने सिनेमा बन्न सफल भएको छ । सिनेमा हेरेका अधिकांश युवा पुस्ताका दर्शकले साम्राज्ञी, डेव्यु नायक धिरज मगर र शारुक ताम्राकारको कामलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

स्वप्न सुमनको शब्द, संगीत तथा स्वर रहेको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह र डेव्यु नायक धिरज मगरलाई फिचर्ड गरिएको छ । सिनेमा हेरेका अधिकांश दर्शकले धिरज र साम्राज्ञीको केमेष्ट्रीलाई उत्कृष्ट बताएका छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले मिलेर निमार्ण गरेका हुन् । भने चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गरेकी छिन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।