‘इन्टु मिन्टु लण्डनमा’को शिर्ष गीत सार्वजनिक

‘इन्टु मिन्टु लण्डनमा’को शिर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गते रिलिज हुने सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु नायक धिरज मगरलाई फिचर्ड गरिएको छ । सुजिल कर्माचार्यको शब्द तथा संगीत रहेको गीतमा उनकै स्वर छ ।

प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले निमार्ण गरेको सिनेमालाई कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेब्यु गरेकी छिन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको सिनेमामा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । यो सिनेमा असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।