‘इन्टु मिन्टु लण्डनमा’को विदेश प्रदर्शन अष्ट्रेलियाबाट सुरु हुने !

‘इन्टु मिन्टु लण्डनमा’को विदेश प्रदर्शन अष्ट्रेलियाबाट सुरु हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गतेबाट रिलिज भएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ले नेपालमा औषत ब्यापार गरेको छ । शुक्रबार र शनिबार बम्पर ओपनिङ गरेको सिनेमाले नेपालबाट मात्रै करिब ४ करोड आसपासमा ब्यापार गरेको छ । ‘इन्टु मिन्टु लण्डनमा’ अब विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुँदैछ । यो सिनेमाले विदेश प्रदर्शनको सुरुवात अष्ट्रेलियाबाट गर्ने भएको छ ।

सिनेमाको अष्ट्रेलिया राइट एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीका अनुसार ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो प्रदर्शन ११ अक्टोबरमा एडिलेटमा हुनेछ । यस्तै, १२ अक्टोबरमा सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमामा हुने तय भएको छ । सिनेमाको क्रमशः मेलबर्न, तासमनिया र क्यानभरालगायतका सहरहरुमा पनि शो हुने उप्रेतीले बताए । सिनेमाको प्रदर्शनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर उपस्थिति हुने कार्यक्रम छ ।

रेनाशा वान्तवा राई निर्देशित सिनेमालाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । सिनेमामा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणाको पनि अभिनय छ ।