सोहित र सामियाको ‘हिटलर’ ट्रेलर (भिडियो)

सोहित र सामियाको ‘हिटलर’ ट्रेलर (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सोहित मानन्धर र सामिया बर्तौला अभिनित फिल्म ‘हिटलर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार हावी भएका छन् । सौरभ ढकाल निर्देशित फिल्म प्रेमकथामा आधारित छ ।

मुख्य दुई कलाकारको रोमान्स, प्रेम, विछोडका साथमा अर्की नायिका मेनुका प्रधानको आगमन ट्रेलरमा देखाइएको छ । कलाकार ए गुरुङको कमेडी शैलीले पनि दर्शकलाई रमाइलो प्रदान गरेको छ । फिल्ममा समावेश राराको लोकेशन गर्दा ‘हिटलर’ अहिले चर्चामा छ ।

चिनिमाया मानन्धरको निर्माणमा तयार भएको यो फिल्मलाई अष्टनारायण पिक्चर्सले प्रस्तुत गरेको हो । फिल्ममा लोचन घिमिरेको संगीत, कृष्ण के अच्छामीको कोरियोग्राफी, अरुनराज पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मूभीको प्रस्तुतीमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इन्कर्पोरेटको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

 

निर्देशक तथा पटकथा लेखक सौरभ ढकाल जर्मनका क्रुर शासक हिटलर र फिल्मको नामविच केही न केही कनेक्शन भएको बताउछन् । फिल्म जेठ १२ मा प्रदर्शन हुदैछ ।