रारा तालमा खिचिएको ‘हिटलर’को रोमान्टिक गीत सार्वजनिक{भिडियो}

जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘हिटलर’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।‘खुशीहरु बढ्दै जान्छ’ बोलको गीतको भिडियोलाई आकर्षक तरिकाले खिचिएको छ । रारा तालमा खिचिएको गीतको भिडियो उत्कृष्ट छ ।भिडियोमा चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । कमेडी तथा लभस्टोरी बिषयमा बनेको यो चलचित्रको ट्रेलर भन्दा गीत अगाडि सार्वजनिक गरिएको हो । चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतका कलाकारको पनि अभिनय छ ।

सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ । चलचित्रमा पटकथा तथा निर्देशक सौरभ ढकालको छ । किचमान चित्रकारको कथा रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *