ह्याप्पी डेज ट्रेलर: दीयाको इन्ट्री, प्रियंका कसको ?

ह्याप्पी डेज ट्रेलर: दीयाको इन्ट्री, प्रियंका कसको ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स निर्देशित सिनेमा ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गीत, टिजर र अहिलेका चर्चित कलाकारहरुले अभिनय गरेका कारण यो सिनेमालाई प्रतिक्षा गरिएको छ ।

ट्रेलरमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी र दीया पुन विचको प्रेम देखाईएको छ । तर, मुख्य कलाकारको रुपमा दीयाको नाम निर्माण टिमले यसअघि सार्वजनिक गरेको थिएन । ट्रेलरमा दीया अट्नुको कारण उनको सिनेमामा छोटो भूमिका हुन् पनि सक्छ । प्राय जसो छायाँकन लन्डनमै गरिएको सिनेमाको केहि प्रतिक्षत छायाँकन नेपालमा पनि गरिएको हो ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।  चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमा माघ १२ गते रिलिज हुदैछ ।