राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका महानायक राजेश हमालको भव्य स्वागत भएको छ । जामुनेमा हमाल पुग्दा स्थानियले अबिर र मालाले भव्य स्वागत गरे ।हमाल आउने भनेपछि कार्यक्रम स्थल आसपासका हजारौ स्थानिय उनलाइ हेर्नकै लागी उपस्थित भएका थिए ।कार्यक्रममा हमालले मन्तव्य दिने अनि उनले फिल्मको संवाद बोल्ने समय पर्खेर बसेका स्थानियले उनले माइक्रोफोन समाउँदादेखि नै हुटिङ सुरु गरेका थिए ।
घाँसी आदर्श समाज नेपाल द्वारा राधा माविको नव निर्मिति चार कोठे भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा हमाललाइ विशिष्ट अतिथी बनाएर लगिएको थियो । घाँसी नेपालले हमाललाइ मानार्थ सदस्यता प्रदान गरिसकेको छ उनि घाँसी नेपालका अभियन्ता पनि हुन् ।
प्रतिक्रिया