‘गुनगुन’को नयाँ गीत ‘चम्क्यो तारा’ रिलिज

‘गुनगुन’को नयाँ गीत ‘चम्क्यो तारा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक ३० गते रिलिज हुने सिनेमा ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘चम्क्यो तारा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार संचिता लुईटेल र सन्नी ढकाललाई फिचर्ड गरिएको छ । संचिता र सन्नीको प्रेमभावलाई सार्वजनिक गीतमा चित्रण गरिएको छ । सार्वजनिक गीतमा विकास चौधरीको संगीत, प्रदीप भट्टराई शब्द तथा मेलिना राइ र दौलत राइको स्वर छ ।

उक्त गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेका छन् । सिनेमामा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई , नायक सुवास मेचे, रविन्द्र प्रताप सेन , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘गुनगुन’ले समाजकै घटनालाई चित्रण गर्ने निर्देशक भट्टराईले बताए । ‘कथा सामाजिक नै हो , प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस गरेका छौं ’ भट्टराईले सिनेमालाई दर्शकले रुचाउने बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको सिनेमामा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।