‘गुनगुन’ हटाएको विषयलाई लिएर निर्माता र हल मालिक बिच आरोप-प्रत्यारोप !

‘गुनगुन’ हटाएको विषयलाई लिएर निर्माता र हल मालिक बिच आरोप-प्रत्यारोप !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार देखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘गुनगुन’ निर्माण टिम र अष्टनारायण हलबिच आरोप प्रत्यारोप चलेको छ । शुक्रबार रिलिज भएको सिनेमा गुनगनले शुक्रबार दर्शकको राम्रो प्रतिक्रिया सहित हलमा चल्दै गर्दा शनिबार अष्टनारायण हलले आफुलाई नसोधी सिनेमा हटाएको आरो निर्माता तथा निर्देशक पुकार भट्टराईले लगाएका छन् ।

सिनेमा हलबाट उतारिएपछि निर्माता तथा निर्देशक पुकार भट्टराई अष्टनारायण हललाई कारबाहीको माग गर्दै चलचित्र निर्माता संघ पुगेका छन् । उनले सिनेमाले राम्रो कमाई गर्ने शनिबारको दिन नै हलमा सिनेमा नलगाएको भन्दै निर्मातालाई मार्न खोज्ने हललाई कारबाही गर्न र क्षतीपूर्ती भराउन अपिल गरेका छन् ।

सिनेमाका निर्देशक पुकार भट्टराईले आफ्नो हललाई कारबाही गर्न माग गरेपछि अष्टनारायणका संचालकले विज्ञप्ती नै निकाल्दै यसको खण्डन गरेका छन् । कात्तिक ३० गते रिलिज भएको सिनेमामा दर्शक नै नभएकाले शनिबारदेखि हलबाट हटाइएको संचालकले बताएका छन् ।अष्टनारायण हलका संचालक सोहित मानन्धरले शुक्रबार बिहानी शोमा दर्शक नभएर शो बन्द भएको, साढे ११ बजे १२ जना र साढे २ बजे २६ जना मात्र दर्शक भएको बताएका छन् । २५ प्रतिशत भन्दा कम अकुपेन्सी भएपछि सिनेमा हलबाट उतार्न पाइने संझौता अनुसार हलबाट उतारिएको मानन्धरले उल्लेख गरेका छन् ।