‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुन नेपाल आए गोविन्दा !

‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुन नेपाल आए गोविन्दा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडका सफल कलाकार गोविन्दा नेपाल आएका छन् । आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागी उनी नेपाल आएका हुन् । गोविन्दा यसअघि सिनेमाको छायांकनका लागी २/३ पटक नेपाल आएका थिए । बिहान पौने ११ बजे नेपाल आएका गोविन्दाले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै आफुलाई नेपालबाट धेरै माया मिलेको बताए ।गोविन्दाले यस पटक छोरी टिनालाई पनि नेपाल ल्याएका छन् । उनले भने – ‘मलाई नेपालबाट जतिपनि माया मिलेको छ, यसका लागी म सबैलाई धन्यवाद दिन चाहान्छु । चौथो पटक आफु एक अवार्ड समारोहका लागी नेपाल आएको बताए ।’ गोविन्दाले भने जनताले कला र कलाकारलाई दिने प्रेम विशेष हुने उनको भनाई थियो ।

गोविन्दाले नेपालमा रहँदा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी दर्शनका लागि जाने बताएका छन् । गोविन्दाले आफूले जीवनमा पाएको सफलताको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिने बताए । गोविन्दालाई पत्रकारले नेपाली बोल्न आग्रह गर्दा उनले भने-‘अली अली आउँछ । कस्तो छ र ?’ गोविन्दाले सबैलाई आफूले प्रेम गर्ने र नेपाललाई प्रेम गर्ने भन्दै केही गल्ती भए क्षमा दिन आग्रह गरे ।