‘गोपी’को लोक फ्लेबरको गीत रिलिज (भिडियो)

‘गोपी’को लोक फ्लेबरको गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेलाई आफ्नो रिलिज डेट तय गरेको सिनेमा ‘गोपी’को गीत सार्वजनिक गरिएको छ । दिपेन्द्र लामाको निर्देशनमा तयार भएको सिनेमा ‘गोपी’को ‘लक्ष्मी कहिले काली…’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, अंकित खड्का, भोला सापकोटा र वर्षा रावतलाई फिचर्ड गरिएको छ ।साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । भजन शैलीको गीत भएकोले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन् । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका हुन् ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित सिनेमाका मुख्य पात्र हिन्दु र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरिएको छ । गोपीमा विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटाका अलवासुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

सामिप्य तिमल्सेना कथा लेखन रहेका सिनेमाका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । सिनेमामा शैलेन्द्र डि कार्कीले छायांकन, गोविन्द राईको कोरियोग्राफी, निमेष श्रेष्ठलको सम्पादन रहेको छ ।