‘गोलमाल अगेन’ २ सय करोड क्लबमा !

‘गोलमाल अगेन’ २ सय करोड क्लबमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चौथों सातामा पनि सफलताका साथ प्रदर्शन भैरहेको बलिउड सिनेमा ‘गोलमाल अगेन’ २ सय करोड क्लबको नजिक पुगेको छ ।

भोलि अर्थात चौथों आइतबारको कलेक्सनसँगै सिनेमाले भारतमा २ सय करोडको आँकडा छुनेछ । हिजो शनिबार भारतमा मात्र १.१६ करोड व्यापार गरेको सिनेमाको कलेक्सन १९९.७४ करोड पुगेको छ । अजय देवगण, अर्सद वार्षि, तूसार कपूर, परिनिती चोपडा, तबु अभिनित हरर कमेडी ‘गोलमाल अगेन’लाई रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

‘गोलमाल’ सिरिजको चौथों भाग ब्लकबस्टर बनेपछी रोहित सेट्टीले यसको पाँचौ सिक्वेल पनि घोषणा गरिसकेका छन् । बलिउडमा खस्किएको अजय, परिनिती, तूसार, अर्सद लगायतको करियर ‘गोलमाल अगेन’को सफलतासँगै उस्किएको छ ।