‘गोल्ड’ र ‘सत्यमेव जयते’को बम्पर ओपनिङ

‘गोल्ड’ र ‘सत्यमेव जयते’को बम्पर ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भारतीय स्वत्रन्त्रता दिवसको अवसरमा रिलिज भएका दुई सिनेमा ‘गोल्ड’ र ‘सत्यमेव जयते’ले बलिउड बक्सअफिसमा बम्पर ओपनिङको सुरुवात गरेका छन् । बुधबारबाट रिलिज भएका दुई सिनेमाहरुमा जोन अब्राहमको ‘सत्यमेव जयते’ले सिगंल स्क्रिन र अक्षय कुमारको ‘गोल्ड’ले मल्टिपेलेक्समा बम्पर सुरुवात गरेका हुन् ।

यी दुवै सिनेमाले पहिलो दिन ४५.७७ करोडको व्यापार गरेको बलिउड ट्रेड एनालिस्ट तरण आर्दशले बताए । दुवै सिनेमाले समिक्षकबाट पाएको उत्कृष्ट प्रतिक्रियाले सय करोड को आँकडा पार गर्ने बलिउड पण्डितले बताएका छन् । अक्षय र जोनको लागी ‘गोल्ड’ र ‘सत्यमेव जयते’ आजसम्म पहिलो दिन सर्वाधिक कमाई गर्ने सिनेमा बनेका छन् ।

नायक अक्षय कुमारको मुख्य भूमिका रहेको सिनेमा ‘गोल्ड’ले बुधबार २५।२५ करोडको कारोबार गरेको छ । यस्तै, जोन अब्राहिमको मुख्य भूमिका रहेको सिनेमा ‘सत्यमेव जयते’ले २०।५२ करोडको कमाई गरेको छ ।