जीवनले सार्वजनिक गरे गौरव र प्रियंकाको प्रेम !

जीवनले सार्वजनिक गरे गौरव र प्रियंकाको प्रेम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘बफिन्स ९८’ समुहको नयाँ गीत ‘अन्जानैमा बसेछ माया…’ शिर्षकको भिडियो सार्वजनिक भएको छ । यसै समुहका गिटारिस्ट जीवन भाईले निर्देशन गरेको भिडियोमा गौरव पहारी, प्रियंका सिंह र निर्देशक स्वयम् फिचर्ड छन् ।

कुनैबेलाका राजा-रानी र उनीहरुको भड्किएको आत्माको कथा माथी बुनिएको भिडियोलाई दरवार भित्र खिचिएको छ । गीतमा संजीव गुरुङको शब्द/स्वर, युवराज पौडेलको छायाँकन छ ।

बफिन्स ९८ को बारेमा:

बफिन्स भन्ने शब्द ब्रिटिश स्ल्याङ हो । जस्को अर्थ हुन्छ बैज्ञानीक । हाल यस ब्याण्डका गायक संजीव हङकङको कोएजार एच के  भन्ने समुहमा सकृय छन । भने, समुहका अन्य सदस्यहरु विवेक थापा, प्रताप गुरुङ, बिजय हावा र रोशन महर्जन अन्य देशमा बसोबास गर्दै आईरहेका छन् ।

सन् १९९८ देखी  सकृय पोखराको यो समुहले  यसअघि ३ वटा कृति सार्वजनिक गरीसकेको छ । देश प्रेम र राष्ट्रभक्तीका संगीत मार्फत लोकप्रियता कमाएको यो समुहले नयाँ वर्षको छेकोमा २ दशकको उपलव्धि स्वरूप यो ‘लभ सङ’ सार्वजनिक गरेको हो ।