‘गरुड पुराण’को फस्टलुक पोस्टर सार्वजनिक, माघ ४ मा रिलिज हुने !

‘गरुड पुराण’को फस्टलुक पोस्टर सार्वजनिक, माघ ४ मा रिलिज हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ ४ गतेलाई प्रदर्शन तय गर्दै सिनेमा ‘गरुड पुराण’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । वितरक र निर्माण टिमको सहमतीमा माघ ४ गतेलाई सिनेमाको रिलिज मिती तय गरिएको निर्देशक सुवास कोइरालाले बताए । ‘गरुड पुराण’लाई मोफसल बितरक एफडी कम्पनी र काठमाडौं वितरक कम्पनी स्टेशन फाईबले गर्ने भएका छन् ।

आईतबार रिलिज गरिएको पोष्टरमा अभिनेता नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । अभिनेताहरु कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, र अभिनेत्री प्रियँका सिंह ठकुरी पोष्टरमा समेटिएका छन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको सिनेमामामा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

पारिवारिक प्रेमकथा र कमेडीमा आधारित सिनेमामा आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास कोइरालाले मिलेर संवाद लेखेको सिनेमाको कथा कशम नेपालको हो । रेनेशा वान्तवा राईको कोरियोग्राफी रहेको सिनेमामा कोशिस क्षेत्रको संगीत, कोशिस क्षेत्री र मनिषा पोखरेलको स्वर, सुसन प्रजापतिको छायाँकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।