एक दिनको गाँजा हन्टिङको कथा हो – गणेशदेव पाण्डे

एक दिनको गाँजा हन्टिङको कथा हो – गणेशदेव पाण्डे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा, काठमाडौँ – पाँच वर्ष अगाडी गणेशदेव पाण्डेले ‘मन्जरी’ सिनेमा निर्देशन गरेर तारिफ बटुले । सामान्य कथाबस्तुमा निर्माण भएको सिनेमाको प्रस्तुति अन्य सिनेमाको भन्दा भिन्न थियो । त्यसैले दर्शकले ‘मन्जरी’ रुचाए ।

‘मन्जरी’ सफल भएको केहि वर्ष पछी निर्देशक पाण्डेले नयाँ कथाबस्तुमा ‘गाजा बाजा’ निर्देशन गर्ने तयारी गरे । नामले नै विवाद निम्त्याए पछी ‘गाजा बाजा’ पूर्ण रुपमा तयार भएर दर्शक माँझ आउँन केहि समय लाग्यो । अब सिनेमा फागुन २५ देखि अलनेपाल प्रदर्शन हुदैछ ।
सिनेमाको ट्रेलर र गीत रिलिज भैसकेका छन् । जहाँ सिनेमालाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । यसैक्रममा सिनेमाको प्रचारको लागि पोखरा पुगेका निर्देशक पाण्डेले ‘गाजा बाजा’ १ दिनको कथा रहेको खुलाएका छन् ।

उनले भने ”गाजा बाजा’ भूकम्प पछीको समयमा युवाहरुको गाँजा हन्टिङको कथा हो । गाँजाको लागि जे पनि मरिमेट्नेहरुको मात्र एक दिनको कथा हो ।’

निर्देशक थप्छन ”मन्जरी’ तामिल सिनेमा ‘काधला’को रिमेक थियो । तर, ‘गाजा बाजा’ कुनै पनि सिनेमाको रिमेक होइन । यो पूर्णत कमेडी र भर्जिन विषयबस्तु हो ।’

सिनेमामा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।