‘ग्याङस्टर ब्लुज’ ट्रेलर सार्वजनिक (भिडियो)

‘ग्याङस्टर ब्लुज’ ट्रेलर सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । हेमराज विसी निर्देशित सिनेमा ‘ग्याङस्टर ब्लुज’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको ट्रेलर लन्च समारोहमा पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

ट्रेलर देखाईसके पछी निर्माण युनिटले पत्रकारका प्रश्नको जवाफ दिदै सिनेमा छायाँकनताकाका किस्सा शेयर गरे ।  प्रेसमिटमा  सार्वजनिक ट्रेलरलाई  रुचाइयो । बनिश शाहको सम्पादन रहेको सिनेमाको ट्रेलरलाई साहिल खानले तयार गरेका हुन् । सिनेमामा निर्देशककै लेखन छ ।

भदौ २ गते रिलिज हुने सिनेमामा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, अनुपम शर्मा, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ ।