ग्याङस्टर ब्लुज: स्याड भर्सन गीत रिलिज (भिडियो)

ग्याङस्टर ब्लुज: स्याड भर्सन गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । हेमराज बिसी निर्देशित सिनेमा ‘ग्याङस्टर ब्लुज’को तेस्रो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक स्याड भर्सनको गीतमा मुख्य कलाकार आशिरमान देशराज जोशी र आना शर्माको विछोड हुँदाको पिडा प्रस्तुत गरिएको छ । गीतमा संयम पुरी पनि फिचरिङ छन् ।

कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतमा एकतारे/कालीको शब्द र सनुप पौडेलको स्वर समावेश छ । भदौ २ गते रिलिज हुने सिनेमामा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ लगायतका कलाकारको अभिनय छ ।

सिनेमाको कार्यकारी निर्माताको रुपमा मनिष पण्डित रहेका छन् । भने, हेमराज विसी र सरोज न्यौपानेले सिनेमाअ लगानी गरेका छन् ।