आशिरमान र आनाको ‘ग्याङस्टर ब्लुज’ अस्ट्रेलियाका ६ शहरमा रिलिज हुने

आशिरमान र आनाको ‘ग्याङस्टर ब्लुज’ अस्ट्रेलियाका ६ शहरमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । हेमराज बिसी निर्देशित सिनेमा ‘ग्याङस्टर ब्लुज’ भदौ २ गते अलनेपाल रिलिज हुदैछ । तर, नेपाल रिलिज हुनु अवागै अस्ट्रेलियामा प्रदर्शन हुनेछ ।

अस्ट्रेलियाका ६ शहरमा सिनेमा प्रदर्शन हुन् लागेको निर्माता सरोज न्यौपाने जानकारी दिए । सिनेमाको पहिलो प्रिमियर अष्ट्रेलयाको सिड्नीमा अगष्ट १३ र १४ मा हुनेछ । बाँकी पाँच शहरमा भने नेपाल रिलिजसँगै प्रदर्शन हुनेछ । हिमा अस र मुग्लानको मूख्य प्रयोजनमा ड्रिम हाईट र रकडेल ब्वाईजले अस्ट्रेलियामा सिनेमा प्रदर्शन गर्नेछन ।

अहिले ‘ग्याङस्टर ब्लुज’ टिम मुख्य कलाकारको साथमा मोफसल टुरमा निक्लिएको छ । मोफसलका विभिन्न शहरमा कन्सर्ट आयोजना गर्दै सिनेमाले प्रचारलाई व्यापक बनाईरहेको छ ।

सिनेमामा आना शर्मा, आशिरमान देशराज जोशी, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । ‘ग्याङस्टर ब्लुज’मा मनिष पण्डित कार्यकारी निर्माता र सरोज न्यौपाने/हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।