सुरुवाती दुई दिनमा ‘ग्याङस्टर ब्लुज’को सुखद नतिजा !

सुरुवाती दुई दिनमा ‘ग्याङस्टर ब्लुज’को सुखद नतिजा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘ग्याङस्टर ब्लुज’ले बक्सअफिसमा सकारात्मक नजिता निकालेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमाको दुई दिने कलेक्सनलाई सुखद मान्न सकिन्छ । देशभर ८० सिनेमा घरमा प्रदर्शन भैरहेको सिनेमाले शुक्रबार ५३ लाख र शनिबार ७८ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । दुई दिनको ग्रस जोड्दा सिनेमाको कलेक्सन १ करोड ३१ हुन् आउँछ ।

आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही र प्रमोद अग्रहरी अभिनित सिनेमाले सिंगल भन्दा पनि मल्टीप्लेक्समा राम्रो प्रदर्शन गरिरहेको छ । सिनेमालाई राजधानीमा क्युएफएक्सले १३ र बिग मुभिजले ५ सोज उपलव्ध गराएको छ ।

सिनेमा पूर्वी तराईका केहि स्टेसनमा रिलिज भएको छैन । हेमराज विसी निर्देशित सिनेमालाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । बुधबार गरिएको प्रिमियरमा सिनेमा राम्रो प्रतिक्रिया बटुलेको थियो ।

तस्विर: आर्यन बिमली