‘फुक्रे रिटर्न्स’ तिन दिनमै सुरक्षित !

‘फुक्रे रिटर्न्स’ तिन दिनमै सुरक्षित !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यसै साता प्रदर्शनमा आएको बलिउड सिनेमा ‘फुक्रे रिटर्न्स’ले बक्सअफिसमा आक्रमक सुरुवात गरेको छ । कम बजेटमा निर्माण भएको ‘फुक्रे’ सिक्वेलको तिन दिने कलेक्सनलाई भारतीय मिडियाहरु आक्रामक कलेक्सन भनेका छन् ।

सिनेमाले पहिलो दिन ८.१० करोड, शनिबार ११,३० र आइतबार १२.८० करोड कमाई गर्दै विकेन्डमा टोटल कलेक्सन ३२.२० करोड पुर्याएको छ । उसो त सिनेमाको टोटल बजेट ३० करोड आसपास हो । यसअर्थमा ‘फुर्के रिटर्न्स’ले तिन दिनमै लगानी सुरक्षित गरेको छ । सिनेमामा पुलकित सम्राट, मनजोत सिंह, अलि फजल, ऋचा चड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।

मिर्घदीप लम्बा निर्देशित सिनेमाले क्रिटिक्सबाट पनि राम्रो समिक्षा पाईरहेको छ । पहिले डिसेम्बर १५ तारिखमा रिलिज हुने भनिएको सिनेमा ‘पद्मावती’ पोस्टपोन्डका कारण एक साता अगाडीनै हलमा लागेको थियो । अब  यो सिनेमाले ‘टाइगर जिन्दा हे’ रिलिज नहुँदासम्म हल कब्जा गर्नेछ । सलमान खानको बहुप्रतिक्षित ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ मा रिलिज हुदैछ ।