शुक्रबारदेखि हलमा तीन सिनेमा ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ रिलिज !

शुक्रबारदेखि हलमा तीन सिनेमा ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ रिलिज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्राईडे रिलिज अन्र्तगत यो शुक्रबारदेखि तीन नेपाली सिनेमाले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । ती हुन् ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ यस हप्ताका लागि प्रदर्शनमा उत्रिएका हुन् । तीनै सिनेमाले मल्टिप्लेक्समा भने शो पाएका छैनन् । यी मध्यमवर्गिय दर्शक लक्षित सिनेमा हुन् ।

सामाजिक कथामा निर्मित सिनेमा ‘दैलो’ लाई सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेका हुन् । निर्देशक स्वयं सिनेमाका प्रमुख कलाकार हुन् । उनका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले मिलेर सिनेमाको निर्माण गरेका हुन् ।

पारिवारिक प्रेमकथा वाचन गरेको सिनेमा ‘गुनगुन’ लाई तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमामा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी लगायतको अभिनय रहेको छ ।

यस्तै, कुमार केसीको निर्देशन रहेको सिनेमा ‘अनुग्रह’ मा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना रार्इ, दीपशिखा सिलवाल लगायतको अभिनय रहेको छ । सिनेमाले परिवारभित्रको कथालाई उठाएको छ । सन्तोष खवासले सिनेमालाई निर्माण गरेका हुन् ।