शुक्रबारदेखि तीन सिनेमा हलमा

शुक्रबारदेखि तीन सिनेमा हलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबारदेखि तीन नेपाली सिनेमा रिलिज भएका छन् । जसमा सविर श्रेष्ठले निर्देशन गरेको ‘कहिँ कतै’, दिनेश पाख्रिन निर्देशीत ‘टिनएज’, र पुरन थापा निर्देशीत सिनेमा’पिरिम पर्या छन्’ एकअर्काका प्रतिद्धन्दी भएर आफ्नो प्रर्दशनको सुरुवात गरेका छन् ।

डेब्यु कलाकार सोनम बरफुङ्गपा र सिवानी गिरीको प्रमुख भूमिका रहेको ‘कहिँ कतै’ मा दिलीप रायमाझी, किशोर खतिवडा, उमा (बेबी) गिरी लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाले प्रेमकथा पस्किएको छ । निर्देशक श्रेष्ठको लेखन समेत रहेको सिनेमामा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।उमा स्वयमले निर्माण गरेको सिनेमाका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको सिनेमामा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

यस्तै, कमेडी जनराको फिल्म ‘पिरिम पर्या छन्’ मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय छ ।