‘लम्फू’सहित तीन सिनेमा प्रदर्शनमा

‘लम्फू’सहित तीन सिनेमा प्रदर्शनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता तीन नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’, एनबी महर्जन निर्देशित ‘हिरोज’ र खुस बहादुर गुरुङ निर्देशित ‘मनाङ्गे नानी’ यो साताका फ्रेस प्रतिस्पर्धी हुन् ।

यी तीन सिनेमामा ‘लम्फू’को चर्चा धेरै छ । भने, दोस्रो पटक रिलिज मिति तय गरेको ‘हिरोज’ले प्रदर्शनको मुखमा हाइप गुमाएको छ । त्यस्तै तीन दिन अगाडी ट्रेलर रिलिज भएको ‘मनाङ्गे नानी’ प्रचार-प्रसार विना नै प्रदर्शनमा आएको हो । त्यसैले अन्य दुई सिनेमासँग ‘मनाङ्गे नानी’लाई प्रतिस्पर्धा गर्न गाह्रो पर्नेछ ।

एक युवकको जीवनमा आइपर्ने उतार-चढावमा आधारित ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, आयन खड्का, सलोन बस्नेत, संजित भण्डारी, कुशुम श्रेष्ठ (तरकारीवाली)को मुख्य भूमिका छ । यो सिनेमाले देशभर सर्वाधिक हल पाएको छ । भने, मल्टीप्लेक्सका केहि सोजमा पनि प्रदर्शनरत छ ।

पपुलर मल्टीमिडियाको व्यानरमा शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।

अभिनेत्री पुर्णिमा लामाले निर्माण गरको सिनेमा ‘हिरोज’ले सिंगल स्क्रिन्समा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । सिनेमामा पुर्णिमासँगै करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, सन्जोग राणा, दिलकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

जय लक्ष्मी फिल्मस्को व्यानरमा बनेको सिनेमामा राजनीतिक बिकृति, बेरोजगारी, चेलीबेटी बेचबिखन तथा सडक बालबालिकाको कथामा उठाइएको छ । लक्ष्मी लामाको प्रस्तुति रहेको सिनेमाको निर्मातामा शेखर लामा, युवराज लामा र सन्जोग राणा छन् ।

कविराज गहतराज, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी रहेको ‘हिरोज’लाई शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।