फ्राईडे रिलिजमा दुई सिनेमा, ‘म यस्तो गीत गाउँछु’ दोस्रो सातामा !

फ्राईडे रिलिजमा दुई सिनेमा, ‘म यस्तो गीत गाउँछु’ दोस्रो सातामा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । प्राय साता झैँ यो शुक्रबार पनि दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । रवी आर. अर्याल निर्देशित ‘डाक्टर खाते’ र एनआर घिमिरे निर्देशित ‘मेरी कुसुम’ सार्वजनिक प्रदर्शनमा आएका हुन् ।

सामान्य प्रचारका साथ प्रदर्शनमा आएका यी दुई सिनेमाको हाइप बजारमा न्यून छ । तर, बक्सअफिसमा कस्तो व्यापार गर्ने हुन्, पर्ख र हेरको विषय छ । हर्षिका श्रेष्ठ मुख्य भूमिकामा अभिनित सिनेमाले माया प्रेमको कथा भन्छ । भने, रोशनी केसीको मुख्य भूमिका रहेको ‘डाक्टर खाते’ले सडक बालबालिकाको कथा प्रस्तुत गर्छ ।

‘म यस्तो गीत गाउँछु’ दोस्रो सातामा: गत साता प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ सफलताको दोस्रो साता तय गरेको छ । पहिलो साता बर्षकै उत्कृष्ट व्यापार गरेको सिनेमाले दोस्रो सातामा कस्तो व्यापार गर्छ होला त ?

सुदर्शन थापा निर्देशित सिनेमामा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ ।