फ्राइडे रिलिजमा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’

फ्राइडे रिलिजमा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आज दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’ र पुष्पराज न्यौपाने निर्देशित ‘सायद २’ यो साताका फ्रेस रिलिज हुन् ।

म यस्तो गीत गाउँछु: म्युजिकल लभस्टोरीमा सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङको अभिनय छ । सिनेमामा अर्जुन पोखरेलको संगीत रहेको छ । जुन संगीत सिनेमा रिलिज अघिनै हिट भैसकेको छ । अर्जुन पोखरेलद्वारा संगीतवद्द ‘म यस्तो गीत गाउँछु’ एल्बमले सिनेमालाई उच्च हाइप दिलाएको छ ।

सिनेमाले सार्वजनिक प्रदर्शन पुर्व गरेको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । देशभरका हलमा सार्वजनिक गरिएको यो सिनेमालाई प्रतिक्षित सिनेमाको सुचिमा राखिएको छ । सुदर्शन थापाकै कथा रहेको सिनेमामा संजय लामाको सिनेम्याटोग्राफी, प्रितम पाण्डेको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ । सिनेमालाई काठमाडौँ उपत्यकामा रेखा इन्टरटेनमेन्ट र उपत्यका बाहिर ब्यान्केट्स इन्टरटेनमेन्टले वितरण गरेको छ ।

सायद २: दुर्गिस फिल्मसको व्यानरमा निर्माण भएको यो सिनेमामा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुसल पाण्डे, सुनिल रावल लगायतका कलाकारको अभिनय छ । यो सिनेमालाई व्यानरले प्रतिक्षित बनाएको छ । यस व्यानरद्वारा रिलिज भएका ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ हिट सिनेमाको सुचिमा पर्छन ।

सिनेमा देशभर ७२ सिनेमा घरमा प्रदर्शन भैरहेको निर्माता सुनिल रावलले जानकारी दिएका छन् । निर्देशक स्वयम्ले लेखेको सिनेमामा राजुविक्रम थापाको छायाँकन, अष्ट महर्जनको एक्सन र केदार भुषालको संवाद छ । सिनेमाले युवापुस्ताको प्रेमकथा प्रस्तुत गर्छ ।