शुक्रबार देखि चार सिनेमा रिलिज, कस्को होला पल्ला भारी

शुक्रबार देखि चार सिनेमा रिलिज, कस्को होला पल्ला भारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ- आज शुक्रबार बाट अलनेपाल चार सिनेमा एकसाथ रिलिज हुदैछन् । आजबाट नेपाली सिनेमा घरमा सलोन बस्नेत स्टार सिनेमा ‘बाबु कान्छा’, उमेश थापा, कविता गुरुङको रियल स्टोरी ‘बोबी’, शिल्पा पोखरेल, अनुप विक्रम शाही स्टार सिनेमा ‘विरङ्गना’ र विनो न्यौपाने, ऋचा सिंह ठकुरी स्टार सिनेमा ‘यो पागल मन’ रिलिज हुँदैछन ।

आजबाट रिलिज हुने ‘बाबु कान्छा’मा सलोन बस्नेत र करिष्मा श्रेष्ठका अलवा निर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाहि, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, अश्लिन ज्ञावाली, ज्योत्सना महर्जन लगायतका कलाकारको अभिनय रहेको छ ।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहेको सिनेमाका कार्यकारी निर्माता संचारकर्मी रवि अधिकारी हुन् । ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत सिनेमामा रहेको छ ।

सिनेमा बोबीलाई चाम्स इन्टरटेनमेन्ट र लण्डन आई सिनेमाको व्यानरमा मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमामा उमेश कविताका अलवा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमाको स्कृप्ट संचारकर्मी नरेश भट्टराईले तयार पारेका हुन् । नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत सिनेमामा रहेको छ ।

‘वीराङ्गना’लाई राज बहादुर सानेले निर्देशन गरेका हुन् भने, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह(निर्माता सुमि चाम्लिङ राई रहेका छन् ।
र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा शिल्पा र अनुपको अलावा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको अभिनय रहेको छ । असार २९ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ ।

कल्याण अधिकारी निर्देशित यस सिनेमा ‘यो पागल मन’ लाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा र विनोदसँगै गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।
अर्जुन पोखरेलको संगीत रहेको सिनेमालाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।