विश्वका १०० सेलिब्रिटीको सुचीमा अक्षय र सलमान, अटाएनन् शाहरुख

विश्वका १०० सेलिब्रिटीको सुचीमा अक्षय र सलमान, अटाएनन् शाहरुख

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – अमेरिकी प्रख्यात म्यागजिन फोर्ब्सले हालै हालैमा प्रकाशित गरेको विश्वका १०० सेलिब्रेटीको सुचीमा बलिउडका दुई कलाकार परेका छन् । ती हुन् बलिउडका दुई हस्ती नायक सलमान खान र अक्षय कुमार । यो फोर्ब्सले प्रकाशन गरेको १०० जनाको लिस्टमा बलिउडका बादशाहको रुपमा चिनिने शाहरुख खान अटाएका छैनन् । पछिल्ला दिनहरुमा शाहरुख खान बलिउडमा अनी कमजोर हुँदै गइरहेका छन् ।

केहिबर्ष देखि शाहरुखका सिनेमाले बलिउडमा कमाल गर्न सकेका छैनन्, जसले गर्दा उनी कमाईका मामलामा उनी बलिउडका अन्य नायकको तुलनामा पछि परिरहेका छन् । धेरै बर्ष देखि फोर्ब्सको सुचीमा आफ्नो सहभागीता जनाइरहेका शाहरुख यसपाली उनी यो सुचीबाट बाहिरिएका हुन् । वर्ष २०१८ को सुचिमा अक्षय कुमारले ३०७ अर्व भारु कमाई गर्दै ७६ औँ स्थानमा छन्, भने २५७ अर्व कमाई गर्दै सलमान ८२ औँ स्थानमा छन् । सन् २०१७ को सुचीमा भने शाहरुख ६५ औँ स्थानमा थिए ।

यो अक्षय उनले अभिनय गरेका खुई सिनेमा ‘ट्वाइलेट एक प्रेम कथा’ र ‘प्याडम्यान’ले राम्रो कमाई गरेका थिए । सिनेमाका अलवा अक्षयले २० ब्रान्डको प्रमोसनबाट राम्रो कमाई गरेका थिए । यता सलमानको सिनेमा ‘टाइगर जिन्दा है’को सफलता र कायौं ब्रान्डको प्रमोसनले उनको आम्दानी बढेको हो ।

फोर्ब्सको २०१८ को सुचिमा नम्बर एकमा अमेरिकी बक्सर फ्लायड मेवेदर छन् । उनको कमाई १९।४९ अर्ब छ । दोस्रो स्थानमा जर्ज क्लूनी, तेस्रोमा काइली जेनर, चौथोमा जुडी सेइन्डलिन तथा पाचौंमा ड्वेन जोन्सन रहेका छन् ।