बिग बजेटका कारण असफल भएका राम्रा सिनेमा !

बिग बजेटका कारण असफल भएका राम्रा सिनेमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । वर्ष २०१७ करिब ८ महिना सकिदै छ । यो बिचमा बलिउडमा दर्जनौ सिनेमा रिलिज भैसकेका छन् । दर्जनौ रिलिजको क्रममा छन् ।

बलिउडमा यो सालको सर्वाधिक व्यापार गर्ने सिनेमा ‘बाहुबली-२’ बन्यो । तामिल सिनेमा भएपनि हिन्दी भाषामा ५ अर्व बढी व्यापार गरेको सिनेमालाई ब्लकबस्टर मानिएको छ । क्रिटिक्सबाट रुचाइएका सिनेमाले दर्शकको राम्रै साथ पाएर नाफा कमाईरहदाँ पनि कति, सिनेमा राम्रा भएर पनि अत्याधिक बजेटका कारण बक्सअफिसमा फ्लप सावित भएका छन् ।

यसको पहिलो नम्बरमा आउँछ, सिनेमा ‘जग्गा जासूस’ । रणवीर कपूर र कट्रिना कैफ स्टारर सिनेमाले दर्शक र क्रिटिक्सबाट वाहवाहि पाउँदा पनि बक्सअफिस असफलको बाटो तर्फ लम्किरहेको छ । सिनेमा फ्लप हुनुको पहिलो कारणनै यसको अत्याधिक लगानी रहेको बलिउड मिडियाहरुले समिक्षा गरिरहेका छन् ।

१०० करोडको बजेटमा निर्मित सिनेमाले आफ्नो लगानी उठाउँन असम्भव रहेको छ । सिनेमाले पहिलो साता ४५ करोडको हारहारीमा कमाई गर्यो । बिग बजेट सिनेमाको लागि यो व्यापारलाई दयनीय मानिन्छ ।

त्यस्तै केहि साता अगाडी रिलिज भएको सिनेमा ‘मोम’को हकमा पनि बिग बजेट बाधक बन्यो । श्रीदेवी र नवाजुद्दीन सिद्दिकी स्टारर सिनेमाको बजेटलाई पनि बलिउडले चाहिने भन्दा बढी भनेको छ । लगभग ४५ करोडको बजेटमा निर्मित सिनेमाले अहिलेसम्म घरेलु बक्सअफिसमा ३२ करोडको व्यापार गरेको छ । क्रिटिक्सबाट रुचाइएको सिनेमाको बजेट बढीमा २० करोड हुनुपर्ने भारतीय मिडियाको समिक्षा छ ।

सिनेमालाई माउथ पब्लिसिटीको सहयोग मिले पनि उक्त सहयोगले निर्माताको गोजी भर्न भने असफल बनेको छ । सिनेमाले लाइफटाइम ३५ करोड कमाउने आँकलन छ ।

केहि महिना अघि रिलिज भएको ‘अनारकली अफ आरह’ले पनि दर्शक र क्रिटिक्सबाट राम्रो प्रतिक्रिया पायो । तर, कम प्रचार गरिएको सिनेमाले बक्सअफिसमा लगानीले २० प्रतिशत उठाउँन सकेन । १० करोड भन्दा माथिको बजेटमा निर्मित सिनेमाले भारतबाट २ करोड भन्दा कमको व्यापार गर्यो ।