बक्सअफिसमा पनि कमजोर ‘ट्युबलाईट’, कति कमायो पहिलो दिन ?

बक्सअफिसमा पनि कमजोर ‘ट्युबलाईट’, कति कमायो पहिलो दिन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सलमान खान स्टारर सिनेमा ‘ट्युबलाईट’ बक्सअफिसमा खरो उत्रन सकेन । पछिल्लो पाँच बर्ष ईदको अवसरमा रिलिज भएका सलमान अभिनित सिनेमा मध्ये ‘ट्युबलाईट’को कलेक्सन कमजोर हो ।

पहिलो दिन सिनेमाले सोचे जस्तो व्यापार गर्न सकेन । समिक्षकबाट पाएको नकारात्मक समिक्षाको प्रभाव सिनेमाको बक्सअफिसमा पर्यो । पहिलो दिन सिनेमाको भारतीय नेट कलेक्सन २१. १५ करोड छ ।

यसअघि ईदमा रिलिज भएका सलमान अभिनित सिनेमाहरु ‘एक था टाइगर’ ३२.९३ करोड, ‘किक’ २६.४०, ‘बजरंगी भाइजान’ २७.२५ र ‘सुल्तान’ले ३६.५४ करोडको व्यापार गरेका थिए । सिनेमाको यो कलेक्सन २०११ मा प्रदर्शन भएको ‘बडीगार्ड’को भन्दा कमजोर हो । ‘बडीगार्ड’ले त्यो बेलामा पहिलो दिन २१.६० करोडको व्यापार गरेको थियो ।

सिनेमाको लाइफटाइम कलेक्सन १८० देखि २०० करोड विचमा रहने आँकलन गरिएको छ । सलमान खान र निर्देशक कविर खानले १०० करोडको लगानीमा सिनेमामा रिलिज गरेका हुन् ।