चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५ घोषणा

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५ घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा वरिष्टदेखि नयाँ पत्रकारलाई सम्मान गर्ने भएको छ ।

जेठ ७ गते सम्पन्न हुने कार्यक्रममा वरिष्ट पत्रकार दयाराम पाण्डे र धुर्व लम्साल चलचित्र पत्रकारिता सम्मान, नयाँ पत्रिका दैनिकमा आवद्द लक्ष्मण सुवेदी र टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकरिता पुरस्कार र फिल्मीखबर डटकममा आवद्द मनिष दाहाल ‘अन्जान’लाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

जेठ २ गते बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ घोषणा गरेको हो । सुवेदी र थापालाई पत्रकारिता पुरस्कार अन्तर्गत २१ हजार नगद, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ । भने, दाहाललाई १ थान ल्यापटपसहित ट्रफी र ताम्रपत्र प्रदान गरिनेछ ।

सम्मान पाउने दयाराम पाण्डे चलचित्र पत्रकार संघ नेपालका पुर्वउपाध्यक्ष रहेर  हाल रमाइलो टिभीमा अध्यक्ष पदमा आवद्द छन् । त्यस्तै ध्रुव लम्साल नेपाल पत्रकार महासंघका पुर्वसचिव रहेर हाल राजधानी दैनिकमा कार्यरत छन् ।