मल्टीस्टारर ‘एउटा यस्तो प्रेमकहानी’ टिजर

मल्टीस्टारर ‘एउटा यस्तो प्रेमकहानी’ टिजर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता शिव श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरका छोरा र छोरीले डेब्यु गर्ने सिनेमाको अफिसियल घोषणा गर्दै टिजर पनि सार्वजनिक गरिएको छ ।

यहिँ सिनेमाबाट शिव पुत्र शक्ति श्रेष्ठ र करिश्मा पुत्री कविता मानन्धरले नेपाली सिनेमा ‘एउटा यस्तो प्रेमकहानी’बाट डेब्यु गर्दै छन् । दिपेश सापकोटाले निर्देशन गरेको सिनेमामा यी दुईका अलावा शिव श्रेष्ठसहित प्रियंका कार्की, बर्षा राउत, आयुशमान देशराज जोशी, संजोग कोइराला, बसुन्धरा भुसाल, किरण केसी, अंग तम्बे शेर्पा, नरेन केसी, मिथिला शर्मा, बिष्णु चेम्जोङ, रेखा फागु, धुर्व कोइरालाको अभिनय रहनेछ ।

सार्वजनिक गरिएको टिजरमा मुख्य भूमिका निर्वाह गर्ने कबिता र शक्ति देखिएका छैनन् ।

रिभेन्ज लभस्टोरी ‘एउटा यस्तो प्रेमकहानी’मा शिव श्रेष्ठ कथा, उज्जल ढकालको सम्पादन, बसन्त सापकोटा/अर्जुन पोखरेल/सन्तोष राजुराको संगीत, सुजन प्रजापतीको छायाँकन, रोशन भट्टराई र अष्ट महर्जनको द्वन्द रहनेछ ।

शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यसोदा राई निर्माता रहेको सिनेमामा सुनिल कटुवाल, रामनारायण चौधरी, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर सहनिर्माता स्वरूप रहेका छन् ।