टेलरको ‘इन्ड गेम’मा एड र फ्युचर

टेलरको ‘इन्ड गेम’मा एड र फ्युचर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – टेलर स्विफ्टको नयाँ गीत ‘इन्ड गेम’को भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । टेलरको अफिसियल ‘विवो’ च्यानलबाट सार्वजनिक गरिएको गीत २०१७ को नोभेम्बर १४मा फ्रान्समा रिलिज गरिएको थियो ।

४ मिनेट ४ सेकेन्ड लामो गीतमा एड शेरान, टेलर र अमेरिकन र्यापर फ्युचर फिचर्ड छन् । गीतको शब्द टेलर, एड, म्याक्स मार्टिन, शेलब्याक र नय्भाडीस विलबर्न मिलेर तयार गरेका हुन् । गीतका प्रोड्युसर शेलब्याक र म्याक्स मार्टिन हुन् ।

यो समाचार तयार पार्दासम्म दुई दिन अगाडी रिलिज भएको गीतले २ करोड ३१ लाख भ्युज बटुलिसकेको छ । गीत अहिले नेपाल ट्रेन्डीङको पाँचौ स्थानमा उक्लिएको छ । गीतले २४ घण्टा भित्र १ करोड ३० लाख बढी भ्युज बटुलेको थियो ।