प्रतिक्षाको घडी सकियो: ‘ए मेरो हजुर २’ ट्रेलर सार्वजनिक ! (भिडियो)

प्रतिक्षाको घडी सकियो: ‘ए मेरो हजुर २’ ट्रेलर सार्वजनिक ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । १ दशक अगाडी रिलिज भएको थियो सिनेमा ‘ए मेरो हजुर’ । त्यतिबेलाको समयमा युवापुस्ता माझ अत्याधिक रुचाईएको सिनेमामा झरना थापा र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका थियो ।

१ दशक अगाडी उक्त सिनेमामा मुख्य भूमिकामा अभिनय गरेकी झरना थापा ‘ए मेरो हजुर २’बाट निर्देशन विधामा डेब्यु गर्दैछिन् । यसै सिनेमाले शुक्रबार राजधानीमा प्रेसमिट गरेर ट्रेलर लन्च गर्यो । सिनेमाकी मुख्य कलाकार सम्राज्ञी राज्यलक्ष्मी शाह प्रेसमिटमा ढिला उपस्थित भैदिदा निर्माण युनिटले त्यो समयमा टिम भित्रका कथा सुनाउन थाल्यो ।

यसै बिचमा सिनेमाका स्क्रिप्ट राइटर सामिप्यराज तिमिल्सिनाले सिनेमाको बलियो पक्ष ‘प्रिक्वेलको कथा’सँग जोडिएको कुरा सुनाए । ”ए मेरो हजुर’को कथा जहाँबाट टुंगिएको थियो । त्यहिँबाट यो सिनेमाको कथा सुरु भएको छ । जहाँ दर्शकले अघिल्लो सिनेमालाई पनि सम्झन सक्नेछन् ।’ तिमिल्सिनाले यो सिनेमालाई दर्शक रुचाउँने विस्वास व्यक्त पनि गरे ।

यसै बीच सिनेमाको ट्रेलर देखाइयो । प्रेसमिटमा उपस्थित सबैले ट्रेलरले मन छोएको प्रतिक्रिया दिए । ट्रेलरले फ्रेन्डसिप, र प्रेमका कुरा भन्छ । सार्वजनिक ट्रेलरमा साहिल खानले तयार गरेका हुन् । ट्रेलरमा डाइलग मन छुने खालका छन् । ट्रेलरमा छायाँकार संजय लामाको काम तारिफयोग्य छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । झरना थापा डेब्यु सिनेमामा सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ ।

यसअघि रिलिज गरेका दुई गीतको हाइपले भदौ १६ मा रिलिज हुने सिनेमा प्रतिक्षित बनेको छ । ट्रेलरबाट त्यो हाइप अझ बढ्ने निर्माण युनिटको आशा छ ।