आकाश र आश्मा स्टारर सिनेमा ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज

आकाश र आश्मा स्टारर सिनेमा ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काडमाडौं – मंसिर ७ गते रिलिज हुने आकाश श्रेष्ठ र आश्मा गिरी स्टारर सिनेमा ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गर्नुका साथै ‘ड्रिम गर्ल’ टिमले निर्माण गर्ने दुई सिनेमा ‘चुरीफुरी’ र ‘द्रोपदी’को निर्माण घोषणा गरियो । लभस्टोरी कथामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका प्राय मुख्य कलाकारलाई स्थान दिइएको छ ।

आर. बि. मुभिज र रिल एण्ड रियल पिक्चर्स प्रा.ली.को ब्यानरमा निर्माण भएको सिनेमालाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन । ‘ड्रिम गर्ल’मा निर्देशक ऋषिराज आचार्य, अर्जुन शर्मा, रामेश्वर धितालको लगानी रहेको छ । सिनेमामा आकाश श्रेष्ठ र आश्मा गिरीका अलवा विल्सन विक्रम राई, पुजा पराजुली, शिशिर भण्डारी, लक्ष्मी गिरी, रश्मी भट्ट, अर्जुन श्रेष्ठ, सुरवीर पण्डित, सरोज खनाल, निर्मल शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस सिनेमाको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीका प्रमुख एन्टी रोचा हुन्। राहुल राईले खिचेको सिनेमामा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । सिनेमा नवीन निरौलाले सम्पादन गरेका हुन् ।