पृथ्वी र सानियाको ‘डोली’ गीत रिलिज

पृथ्वी र सानियाको ‘डोली’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘डोली’को पहिलो गीत रिलिज गरिएको छ । लोक प्याटनमा तयार पारिएको ‘झ्यानाकुटी झ्याई……’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार पृथ्वीराज प्रसाई, सानिया खान र संगीता नापितलाई फिचर्ड गरिएको छ । गीत रिलिजसँगै सिनेमाको रिलिज डेट पनि सार्वजनिक गरिएको छ । अब यो सिनेमा मंसिर २८ गतेबाट अलनेपाल रिलिज हुने छ ।

छायांकन सकिएको छोटो समयमा नै दर्शकमाझ पहिलो गित बजारमा आएको हो । “डोली”को यो गित केही समय अगाडी रिलिज गरिने भनिएता पनि निर्माता किरणलाई सोहि समयमा पितृ शोक पछि यो गितको रिलिज समयम केही दिन लम्बिएको निर्माण टिमले बताएको छ । समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको यो सिनेमामा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजानिक गितमा हरि उप्रेतीको शब्द रहेको छ भने संगित तथा स्वरमा सि.डि बिजय अधिकारीको रहेको छ भने मेलिना राईले पनि स्वर दिएकी छिन् । श्री कृष्ण परियारको नृत्य रहेको यो गितले छोटो समयमा नै दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । सिनेमामा अर्जुन गुरुड।, नविन रेग्मी,हिमवाला गौतम,दामोदर खतिवडा,प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ ।