एक गीत थाती राख्दै ‘डोली’को छायाँकन सकियो

एक गीत थाती राख्दै ‘डोली’को छायाँकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक प्रमोसनल गीत थाती राख्दै सिनेमा ‘डोली’ले छायाँकन सकिएको घोषणा गरेको छ । निर्माण टिमले बताए अनुसार सिनेमाको काठमाडौँ र नुवाकोट छायाँकन सकिएको छ । अब एक प्रमोसनल गीत रारा र जुम्लामा खिचिने छ ।

राज बहादुर सानेको निर्देशनमा बनिरहेको ‘डोली’ २९ दिनमा प्याकअप भएको हो । सामाजिक कथाबस्तुमा बनिरहेको सिनेमालाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको निर्माता किरण नेपालीले बताए । सिनेमामा पृथ्वीराज प्रसाई, किशोर खतिवडा, अर्जुन गुरुड(भंगेरी डन), हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगिता नापित, शतिस खत्री, प्रशान्त भन्डारी, प्रिया रिजाल, दामोदर खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक सानेकै लेखन रहेको सिनेमामा सिडी विजय अधिकारी/राजकुमार बगर/पुरुषोत्तम न्यौपाने/बाबुल गिरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, जय राम थापाको छायाँकन रहेको छ । निर्देशक साने निर्देशित सिनेमा ‘बिरंगना’ असार २९ मा रिलिज हुँदैछ ।