‘डोली’को फस्टलुक पोस्टर रिलिज !

‘डोली’को फस्टलुक पोस्टर रिलिज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २८ गते रिलिज हुने सिनेमा ‘डोली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सामाजीक प्रमकथामा निर्माण भएको सिनेमालाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । भने ‘डोली’मा किरण नेपालीको लगानी रहेको छ ।रेड बर्ड प्रोडक्शनको ब्यानरमा निमार्ण भएको सिनेमामा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतम लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । सिनेमाको कथा तथा पटकथा पनि निर्देशक सानेले नै तयार पारेका हुन् ।

सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाको छायांकन, शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको सिनेमाका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् । यसअघि लाटी, बृन्द्राबन,बिरंगाना लगायतका सिनेमा निर्देशन गरेका सानेले डोलीमा भरपुर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देश समेत रहेको बताउँछन् ।