‘डमरुको डण्डीबियो’अष्ट्रेलियामा रिलिज हुँदै

‘डमरुको डण्डीबियो’अष्ट्रेलियामा रिलिज हुँदै

द सिनेमा टाइम्स
0
Shares

फिल्म डमरुको डन्डीबियो टिम मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानको झण्डै एक हप्ताको यात्रापछि फिल्म युनिट यसै साता राजधानी फर्किएको हो । फिल्मको प्रचार अब राजधानी आसपासका क्षेत्रमा केन्द्रित रहनेछ । मोफसल प्रचारमा लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, निर्माता तथा कलाकारको टोली थियो । डमरुको डन्डीबियो टोली अब राजधानीको प्रचार प्रचारमा केन्द्रित हुनेछ । गत सातादेखि राजधानीका मुख्य मुख्य मल र चोकमा ठ्याक लगाउँने प्रतिस्पर्धा चलिरहेको छ ।बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने डमरुको डन्डीबियो को शिर्ष गीत र प्रोमो सार्वजनिक गरिएको छ । यतिबेला प्रोमोले प्रशंसा पाइरहेको छ । राष्ट्रिय खेलबाट समेत हटाइएको डन्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले दर्शकको ध्यान तानिरहेको छ । समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

फिल्ममा खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय छ । फिल्मलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् । पशुपति प्रसाद अभिनेता खगेन्द्र को फिल्म बैशाख २१ गते नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने तय भएको छ ।