धडक ट्रेलर: श्रीदेवीको छोरी र साहिदका भाईको डेब्यु

धडक ट्रेलर: श्रीदेवीको छोरी र साहिदका भाईको डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपूर र अभिनेता साहिद कपूरका सौतेनी भाई इशान खट्टर अभिनित सिनेमा ‘धडक’को ट्रेलर रिलिज भएको छ । जाहन्वी र इशानको डेब्यु सिनेमाको ट्रेलर हेर्दा सिनेमा पूर्ण व्यावसायिक लाग्छ ।

पछिल्लो समय यो सिनेमा अत्याधिक चर्चा छ । करण जोहर, हिरू यश जोहर र अपूर्व मेहताले निर्माण गरेको सिनेमालाई शशांक खेतानले निर्देशन गरेका हुन् । सिनेमा जाहन्वी र इशानका अलावा आदित्य कुमार, खराज मुखर्जी र आशुतोष राणाको पनि मुख्य भूमिका छ ।

२० जुलाईमा रिलिज हुने ‘धडक’ मराठी सिनेमा ‘साइरात’को रिमेक हो ।