‘डेस्पासितो’ भर्सेज‘कुटुमा कुटु’ !

‘डेस्पासितो’ भर्सेज‘कुटुमा कुटु’ !

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली (गणेश), काठमाडौँ – सन् २००५ मा इन्टरनेट भिडियो संजाल युट्युबको स्थापना भएसँगै भिडियोहरुको लोकप्रियता मापनमा नयाँ आयाम आयो । सुरुवाती केहि वर्षमा युट्युबको बारेमा आम मानिस जानकार नहुँदा र इन्टरनेटको पहुँच नपुग्दा ‘युट्युब भन्ने कुन जन्तुको नाउ’ जस्तै थियो ।

१२ वर्षे यो अवधिमा अब युट्युबको बारेमा नजान्ने सायदै होलान् ! युट्युब खास गरि भ्युज काउन्ट हुनाले भिडियोको लागि प्रख्यात छ । जतिले भिडियो हेर्छन ति सबैले अडियो सुन्न पनि सक्ने भएकाले पछिल्लो समय अडियोको लोकप्रियता मापन पनि युट्युबबाटै हुन्छ । पहिले अडियो/भिडियोको लोकप्रियता थुप्रै माध्यमबाट पत्ता लगाउनु पर्थ्यो । तर, अहिले युट्युब सर्च गरे पुग्छ । अझै भनौ अहिले त कतिले सुने र हेरे ? त्यो पनि आम मान्छेले हिसाव निकाल्न सक्छन । वाउ… कति रमाईलो !

अब विषयबस्तु तिर लागौ । सर्वाधिक हेरिने नेपाली भिडियो भन्दा कसको नाम आउँछ ? पक्कै पनि जो-कोहिलाई थाहा छ ‘कुटुमा कुटु’ । यो भिडियोले ३ करोड ६६ लाख बढी भ्युज पाईसकेको छ । २ करोड ८९ लाख (सन् २०१६) जनसंख्या भएको देशमा यो भिडियोको भ्युज अवश्य पनि ब्लकबस्टरनै हो । कुल जनसंख्याको आधारमा यसले १२६.६४ प्रतिशत भ्युज प्राप्त गरेको छ । साथै, यसले विश्व जनसंख्याको कुल ०.४७३६ प्रतिशत भ्युज आफ्नो हकमा कायम गरेको छ । २०१६ कै तथ्याँक अनुसार नेपालमा कुल जनसंख्याको १७.५८ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्छन । अर्थात ५० लाख १२ हजार बढी इन्टरनेट प्रयोगकर्ता छन् । अब यहिँबाट पनि यो गीतको लोकप्रियता कति हो भन्ने मापन गर्न सकिन्छ । जम्मा इन्टरनेट प्रयोगकर्ताले एभरेजमा ७ पटक बढी यो गीतलाई हेरेका छन् ।

अब कुरा गरौ विश्वमै सर्वाधिक हेरिएको भिडियो ‘डेस्पासितो’को । यो भिडियोलाई ४ अर्व ३९ करोड बढी भ्युज मिलेको छ । विश्व जनसंख्याको हिसावमा ५७.७६ प्रतिशत भ्युज मिल्न आउँछ । उसो त यो स्पेनिस भिडियो हो । स्पेनिस जनसंख्याको आधारमा यो भिडियोको भ्युज आश्चर्यजनक नै छ । स्पेनको जनसंख्या जम्मा ४ करोड ६५ लाख (२०१६) छ । देशको जनसंख्याको आधारमा ९४४०.८६ प्रतिशत बढी भ्युज हुन्छ । स्पेनमा कुल जनसंख्याको ७८.६९ प्रतिशतले इन्टरनेट प्रयोग गर्छन । स्पेनिस देशका इन्टरनेट प्रयोगकर्ता (३ करोड ६३ लाख)लाई मात्र आधार मानेर तथ्याँक निकाल्दा यो भिडियोको एभरेज १२०.९३ हुन् आउँछ । अर्थात, प्रत्येक स्पेनिस इन्टरनेट प्रयोगकर्ताले यो भिडियोलाई १२०.९३ पटक हेर्नु पर्छ ।

स्पेनिस भाषामै तयार भएको भए पनि यो भिडियोको भ्युजमा पुरा विश्वको हात छ । यो सन् २०१७ को सर्वाधिक चर्चित भिडियोमा पनि पर्छ । ३ अर्व २० करोड इन्टरनेट प्रयोगकर्ता रहेको विश्वमा यो भिडियोको एभरेज भ्युज १.३७ हुन् आउँछ ।

कुटुमा कुटु:

एल्बम: ‘दुई रुपैयाँ’ (सिनेमा)

संगीतकार: राजनराज सिवाकोटी

शब्द: राजनराज सिवाकोटी

स्वर: राजनराज सिवाकोटी, मेलिना राई, राजन इशान

कोरियोग्राफर: कविराज गहतराज

‘छायाँकन: शिवराम श्रेष्ठ

अभिनय: स्वस्तिमा खड्का, बुद्दी तामाङ, निश्चल बस्नेत, आसिफ शाह

युट्युब सार्वजनिक: मे २८, २०१७

डेस्पासितो:

एल्बम:  डेस्पासितो

संगीतकार: लुईस फोन्सी

शब्द: लुईस फोन्सी, एरिका ईन्डर, र्यामोन अयाला

अभिनय/स्वर: लुईस फोन्सी, ड्याडी यांकी

युट्युब सार्वजनिक: जनवरी १२, २०१७