ट्रेलरमा यस्तो देखियो भूटानी शरणार्थीको ‘देश खोज्दै जाँदा’

ट्रेलरमा यस्तो देखियो भूटानी शरणार्थीको ‘देश खोज्दै जाँदा’

द सिनेमा टाइम्स
0
Shares

भूटानी शरणार्थीहरुको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहिबार राजधानीमा एक कार्यक्रमविच फिल्मको अफिसियल ट्रेलर र रिलिज मिती सार्वजनिक गरिएको हो दुई मिनेट ६ सेकेण्डको ट्रेलरमा भुटानी शरणार्थीको आन्दोलन, दुःख, भावना र यथार्थलाई देख्न सकिन्छ । फिल्मको रिलिज मिती जेठ–१२ गतेलाई तय गरिएको छ । यो फिल्मलाई साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकिय फिल्म हो । पाँचवर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि आफुले यो फिल्म निर्देशन गरेको उनले बताए ।फिल्मको कथा निर्देशक आङदेम्बेकै हो ।

यसलाई कवि समेत रहेका उपेन्द्र सुब्बाले पटकथामा ढालेका हुन् । फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको छ । कार्यक्रममा उपेन्द्र र हेमन्तले समेत भुटानी शरणार्थीको जीवनसँग फिल्ममार्फत जोडिन पाउँदा खुशी लागेको धारणा राखेका थिए ।यो फिल्ममा आभाषको संगीत, श्रवण मुकारुङको शब्द र स्वरुपराज आचार्यको स्वर रहेको छ । संजय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका छन् ।

हेर्नुस् ट्रेलर ः

https://www.youtube.com/watch?v=TvE2Mc4leeQ&feature=youtu.be