मैत्रीपूर्ण फुटबल खेलबाट कलाकार दीपक क्षेत्रीलाई सहयोग

मैत्रीपूर्ण फुटबल खेलबाट कलाकार दीपक क्षेत्रीलाई सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ ।  समाजसेवी तथा बुद्धिजीवी भर्सेस नेपाली कलाकार बीच भएको मैत्रीपूर्ण खेलमा उठेको रकमबाट बिरामी कलाकार दीपक क्षेत्रीलाई एक बर्ष पुग्ने रासन सहयोग गरिएको छ । काँडाघारी सयुंक्त युवा क्लब र बक्सअफिस फिल्मी क्लबको संयुक्त आयोजनामा शनिबार सम्पन्न खेलमा नेपाली कलाकारले समाजसेवीलाई ३-० गोल अन्तरले हराए ।

कलाकार धिरेन शाक्यको कप्तानीमा नृत्य निर्देशक शंकर विसीले २ र कलाकार आकाशबाबु खवालले १ गोल गर्दै टिमलाई ३-० को जित दिलाएका थिए ।  खेलमा पुजा शर्मा, शुभेछ्या थापा, पल शाह, सलोन बस्नेत, जयकिशन बस्नेत, धिरेन शाक्य, करण श्रेष्ठ क्रेजी, महादेव त्रिपाठी, केदार धिमिरे ‘माग्ने बुढा’,  एनबी महर्जन, शितल केसी, सुनिल कट्टुवाल, किशोर घिमिरे, दिपेन शाह, गोमा केसी लगायतका कलाकारको उपस्थिति रह्यो ।

चलचित्र विकाश बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख अतिथ्यतामा सम्पन्न खेल हेर्न विरामी कलाकार दीपक क्षेत्री पनि उपस्थित भएका थिए । मैत्रीपूर्ण फुटबल खेलका संयोजक रंजित कोईरालाले बिरामी कलाकार दिपक क्षेत्रीलाई  सहयोग गर्न पाउँदा हामि निकै खुसि भएको र आगामी दिनमा कुनै पनि किसिमको सहयोग गर्न पनि तत्पर रहेको बताए ।