‘बाहुबली २’ भन्दा सय करोड पछाडी ‘दंगल’: चिनमा एकै दिन सय करोड !

‘बाहुबली २’ भन्दा सय करोड पछाडी ‘दंगल’: चिनमा एकै दिन सय करोड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ। २ हप्ता पहिले चिन प्रदर्शनमा आएको बलिउड फिल्म ‘दंगल’ले बक्सअफिसमा आँधी सिर्जना गरेको छ । चिनमा पाएको ‘माउथ अफ पब्लिसिटी’ले फिल्मले कलेक्सनमा गुणात्मक वृद्धि भरहेको छ ।

प्रदर्शनको तेस्रो शनिबार मात्र फिल्मले १ सय ४ करोड भारुको व्यापार गरेको छ । जुन कलेक्सनलाई बलिउड मिडियाहरुले अकल्पनीय भनि व्याख्या गरेका छन् । चिन प्रदर्शनको पहिलो दिन १३.१९ करोड भारु कमाएको ‘दंगल’ले टोटल कलेक्सन ६ सय ४९ करोड पुर्याएको छ । यो संगै फिल्मको विश्वव्यापी कलेक्सन १३ सय ९३ दशमलब ३४ करोड भारु पुगेको छ ।

फिल्मले यसअघी भारत लगायतका विश्वका अन्य देशमा गरि साढे ७ सय करोड कमाएको थियो । भने, घरेलु बक्सअफिसमा ३ सय ८७ करोडको व्यापार गरेको थियो । फिल्मले यहिँ अनुपातमा व्यापार गरिरहे चिनमा मात्र हजार करोड भारु कमाउन सक्ने आंकलन गरिएको छ ।

बाहुबली २ अगाडी:-

करिब तीन साता अघि विश्वव्यापी प्रदर्शनमा आएको ‘बाहुबली २’ले अहिलेसम्म १५ सय ३८ करोड भारुको व्यापार गरेको छ । चिन प्रदर्शन नभएको ‘बाहुबली २’को कलेक्सनलाई ‘दंगल’ले पछाडी छोड्ने अड्कल बाजी काटिएका छन् । तर, ‘बाहुबली २’ चिन रिलिज भएसंगै उसले टोटल कलेक्सनमा वृद्धि गर्नेछ ।