‘डमरुको डन्डीबियो’ले ल्यायो ‘ठ्याक लाउने च्यालेन्ज’

‘डमरुको डन्डीबियो’ले ल्यायो ‘ठ्याक लाउने च्यालेन्ज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘डमरुको डन्डीबियो’ले ‘ठ्याक लाउने चालेन्ज’ ल्याएको छ ।

सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउदै प्रचार सुरु गरेको हो । आजबाट सुरु भएको च्यालेन्ज सुन्धारा, धरहरा र सिटिसी मल आसपासमा मोडल/भिजे प्रिया रानी लामाले संचालन गरिरहेकी छन् ।

यस रमाईलो खेलमा महिला-पुरुष र बच्चाहरु पनि सहभागी हुन् सक्नेछन । ‘डमरुको डन्डीबियो’ टिमबाट रु. ५०० (दुई जनालाई), रेडमुड कफीको तर्फबाट २ ओटा खानाको कुपन (एक जना विजेतालाई) प्रत्येक ठाउँबाट र रेडबूलको तर्फबाट एउटा क्यान रेडबूल, टिसर्ट र क्याप विजेतालाई उपहार दिईनेछ ।

कार्यालय भेन्चर प्रालिले समन्वय गरेको ‘ठ्याक लाउने च्यालेन्ज’लाई राजधानीका २० भिन्न ठाउँमा संचालन गरिनेछ । एक ठाउँमा करिब ४ दिनसम्म यो च्यालेन्ज चल्नेछ । साथै, टिमले राजधानी बाहिर पनि यो च्यालेन्ज संचालन गर्ने बताएको छ ।

छेतेन गुरुङ निर्देशित ‘डमरुको डन्डीबियो’मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।